काठमाण्डौ भाद्र १ गते । रातो तारा डट कम,पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो रा ३ प ११३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ कारकादोका ४५ वर्षका रमेश बस्नेत र घोराही ५ धर्नाका बिनोद बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Post a Comment