Websoft University

सिल्क एयरको विमानबाट प्रधानमन्त्री आज सिंगापुर जाँदै– नेसनल युनिभर्सिटी अस्पतालमा वहाँको स्वास्थ्य परीक्षण हुने


काठमाण्डौ साउन १८ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ । सिल्क एयरको विमानबाट आज राति ९ः४० बजे प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्र्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएकोछ ।

प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह र सुरक्षाकर्मी सिंगापुर प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंगापुरको सरकारी नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा ओलीको स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षणको शिलशिलामा प्रधानमन्त्री एकसाता विदेश रहनुहुनेछ ।

आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रमरहे पनि स्वास्थ्य परीक्षणको रिपोर्टअनुसार तालिकामा फेरबदल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत १० साउनमा सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भएको थियो । युएएसजी ग्याइडेड बायोप्सीको क्रममा रगतमा क्रेटिनाइनो बढेकाले चिकित्सकहरूले थप परीक्षणका लागि सिंगापुर उपयुक्त हुने सुझाब दिएका थिए ।

धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या देखिएको भन्दै चिकित्सकहरूले केही समय आराम गर्नसमेत सुझाब दिँदै आएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.