Websoft University

पदाधिकारीहरु चयन गर्दा राज्यका पदमा वहाल रहेकाहरुलाइ राखिएको भन्दै, असमति जनाउदै, नेता नेपालले जनोट अफ डिसेन्ट पार्टीमा दर्ता गराए


काठमाण्डौ भाद्र ३ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराउनुभएको छ । 
सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत जनाउदै नेता नेपालले आज सातबुँदे नोट अफ डिसेन्ट दर्ता गराउनुभएको हो । जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्था पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् भनिएको छ । यस्तै नेता नेपालले विधानले तोके अनुसार कुनैपनि कमिटीका बैठक नबसेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

नेता नेपालले औपचारिकताका लागि हतार, हतार गरी बसेका केही बैठकहरुमा पनि गंभीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्ने काम नभएको र भएका कतिपय निर्णयलाई कार्यान्वयन नगरिएकोमा आफ्नो गंभीर आपत्ती रहेको बताउनुभएको छ  । यस्तै  साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यक रुपमा लम्ब्याएर एकताबाट पार्टी पंक्तिमा उत्पन्न भएको उत्साहलाई निरुत्साहमा बदल्ने काम भएको भन्दै उहाँले आपत्ती जनाउनुभएको छ ।

पार्टी विधान अनुसार नेताहरुलाइ दोहोरो मुख्य जिम्मेवारी हुने गरी पार्टीको कार्यकारी जिम्मा नदिउँ भन्ने बिषय कार्यान्वयन नभएको बरु उल्टै अध्यक्षले मापदण्ड विना आफु खुुसी निकटकालाई मात्र जिम्मा दिने कोशिस जारी राखेको लगाएत बिषयमा नेता नेपालले नोट अफ डिसेन्ट लेख्नुभएको छ । 

नेता नेपालले प्रदेश पदाधिकारीहरु चयन गर्दा तथा कमिटीहरु गठन गर्दा पार्टीको निर्णय विपरित मुख्य मन्त्री, मन्त्री, मेयर जस्ता राज्यको पदमा रहेकाहरुलाई जिम्मेवारी दिईएको प्रति पनि आपती जनाउनुभएको छ । जिल्ला तथा मातहत कमिटीहरु गठन गर्दा पनि पार्टीको सिनियरहरुलाई नियतबस छुटाई नयाँ तथा जुनियरहरु समावेश गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाउनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.