Websoft University

मिर्गौलाको क्षमता बढाउने उपचार गर्न प्रधानमन्त्री लोली आज सिङ्गापुर प्रस्थान,

Image result for kp oli
काठमाण्डौ भाद्र ५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर प्रस्थान गर्नुभएको छ । दिउँसो साढे एक बजे थाई एयरको उडानबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ प्रधानमन्त्री सिङ्गापुरका लागि प्रस्थान गर्नुभएको हो । गत साउन १८ गतेदेखि २७ गतेसम्म सिङ्गापुरको नेश्नल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । ‘एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ।’ डा.सिंहले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

सिङ्गापुरमा रहँदा नेश्नल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचारसमेत गर्ने विज्ञप्तीमा जनाइएको छ । सिङ्गापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्थाको बारेमा सञ्चारमाध्यमलाई जानकारी गराउने डा.सिंहले बताउनु भएकोछ । चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ जनाइएको छ ।

प्रधानमन्त्री देश बाहिर जानु भएको हुँदा, राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिनुभएकोछ । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने जिम्मेवारी दिनुभएको हो । पोखरेललाई कार्यवाहकको पत्र राष्ट्रपति कार्यालयले दिइसकेको कुरा विज्ञप्ती बाट जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.