Websoft University

सम्दुबाट म्याङलुङ तर्फ जाँदै गरेरको गाडी दुर्घटना हुँदा १२ जना घाइते -चालक फरार


काठमाण्डौ भाद्र १० गते । रातो तारा डट कम,तेह्रथुमको फेदाप गाउँपालिका २ शेर्मा स्थित मध्य पहाडी राजमार्गमा गाडी दुर्घटना हुदा १२ जना घाईते भएका छन् । सम्दुबाट म्याङलुङ तर्फ जाँदै गरेको स १ ज २७२ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा चालक सहित १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका ४ का योगेन्द्र लिम्बु, सोही गाउँपालिका ५ का महेन्द्र कुमार थापा, खड्क बहादुर लिम्बु, गंगा लिम्बु, म्याङलुङ नगरपालिका ९ की शान्तिला लिम्बु, बिर बहादुर लिम्बु र उनकै छोरा बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका ७ बस्ने का कमल कोईराला, उर्लाबारी नगरपालिका ४ का संन्जय थापा, झापाको दमक नगरपालिका १ का दिल बहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका ३ का संन्तोष कार्की रहेकाछन् । 

घाईते निजहरुको जिल्ला अस्पताल तेह्रथुममा सामान्य उपचार पछि घर पठाईएकोछ । घाईते मध्ये सान्तीला लिम्बुलाई धरान स्थित विपि कोईराला स्थास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।  दुर्घटना पश्चात चालक फरार रहेका छन् भने सह चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ । रेडियो तिनजुरे, तेह्रथुम 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.