Websoft University

धनकुटा नगरपालिकाले असहाय वडाका २ सय १ घरपरिवारलाई जस्तापाता वितरण गर्यो


बिराटनगर । रातो तारा डट कम,धनकुटा नगरलाई फुसको छानो रहित बनाउने उद्येश्यका साथ विपन्न परिवारलाई नगरले जस्तापाता वितरण गरेको छ । आवास सहुलियत साझेदारी कार्यक्रमको लाभग्राहि सूचीमा रहेका एकल, जेष्ठ नागरिक, असहाय, अपाङ्ग, विपन्नदलित र अल्पसंख्यङ्क आठपहरिया समुदायलाई प्राथमिकता राखि नगरका सबै वडाका २ सय १ घरपरिवारलाई जस्तापाता वितरण गरेकोे हो ।  

विषेश गरि नगरपालिका वडा नं ८ का अल्पसंख्यङ्क आठपहरिया समुदायलाई लक्षीत गरि जस्तापाता वितरण गरिएको नगरपालिकाले जनाएको छ । धनकुटा नगरपालिकामा ९ हजार ४ सय ६० मध्ये २ हजार १३ घरको छानो फुस र खरको छ । 

नगरपालिकाले  तीन बर्षभित्र नगरलाइ फुसको छानामुक्त बनाउने अभियान चलाएको हुदाँ तीनबर्षभित्र सबै खरका छाना जस्ताले प्रतिस्थापन गरिने नगर प्रमुखचिन्तनतामाङ्गले बताउनु भयो । गत बर्ष धनकुटा नगरपालिकाका एकसय पाँच जनाले अनुदानको जस्ता पाएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.