Websoft University

सुनसरी र झापा पाथीभरा गोल्डकपमा आज भिड्ने


बिराटनगर, भाद्र ६ गते । रातो तारा डट कम,चौथो पाथीभरा गोल्डकपको उपाधिका लागि रेडस्टार क्लव झापा र एलेभेन एरोज क्लव सुनसरी भिड्ने भएका छन् । झापाले डाँगीहाट क्लव मोरङलाई र सुनसरीले रेडहर्स क्लव इलामलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

 हिजो सम्पन्न दोस्रो सेमीफाइनलमा झापाले मोरङलाई ४–३ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयमा खेल १–१ गोलको बराबरी भएपछि ट्राइबेकरमा लगिएको थियो । फाइनल खेल आज दिउँसो २ बजेदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु जन माविको मैदानममा हुनेछ । 

आजै हुने समापन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको समेत उपस्थिति रहने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् । रेडियो ताप्लेजुङ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.