Websoft University

प्रकाशचन्द्र दाहालमाथि कुटपिट, महासंघले गर्यो कार्यवाहीको माग


काठमाडौ साउन १७ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा सञ्चारखबर अनलाइनका सम्पादक एवं युट्युव च्यानल युथ अरोमाका सञ्चालक प्रकाशचन्द्र दाहालमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज बागबजारस्थित अनलाइनको कार्यालयमा रहेका पत्रकार दाहालमाथि ४र५ जनाको समुहमा आएका व्यक्तिले ‘यही हो’ भन्दै हेलमेटलगायतले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका पत्रकार दाहालको प्रदर्शनीमार्गस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

महासंघ पत्रकार दाहालमाथि भएको यो आक्रमणको कडा भर्त्सना गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गर्दछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.