Websoft University

२५ औँ “प्रकाश मानव अधिकार पुरस्कार” मोरङका सामाजिक अभियन्ता गुरू बराललाई प्रदान


विराटनगर साउन १६ गते । रातो तारा डट कम,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव अथक मानव अधिकार योद्धा स्वर्गीय प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा २५ औँ “प्रकाश मानव अधिकार पुरस्कार” मोरङका सामाजिक अभियन्ता गुरू बराललाई प्रदान गरिएको छ ।

इन्सेकले आज विराटनगरमा आयोजना गरेको २७ औँ प्रकाश स्मृति दिवशका अवसरमा बराललाई सम्मान गरिएको हो । बराललाई एक नम्बर प्रदेश प्रमुख प्रा।डा।गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेक अध्यक्ष डा।ईन्दिरा श्रेष्ठलगायतले ताम्रपत्र ,नगदसहित इन्सेक चिन्हृ प्रदान गर्दै सम्मान गरे । 

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख प्राडा गोविन्दबहादर तुम्बाहाङले पहिलेको समयभन्दा अहिले मानव अधिकारको क्षेत्र ब्यापक बन्दै गएको बताए । नेपालको इतिहासमा निमुखा वर्गका पुरूषले समेत भोट हाल्न नपाएको स्मरण गर्दै प्राडा तुम्बाहाङले पछि आन्दोलनमार्फत् पुरूषले भोट हाल्न पाएपनि महिलाले भोट हाल्न नपाएको बताए । 

पछि महिलाहरूले आन्दोलन गरी भोटको अधिकार सुरक्षित गरे जस्तै अहिले पनि विभिन्न अधिकारका लागि आन्दोलन भईरहेको बताए । प्राडा तुम्बाहाङले नेपालमा मानव अधिकार आन्दोलन स्थापित हुने क्रममा रहेको र त्यसमा इन्सेकको भूमिका उल्लेखनीय भएको बताए ।

मुख्यमन्त्री शेरधन राईले संविधानमै मौलिक अधिकारको व्यवस्था भएका नेपालको संविधान मानव अधिकार मैत्री भएको बताए । मुख्यमन्त्री राईले मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका कुराहरूलाई अक्षरस पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिवद्घ रहेको बताए । उनले आन्दोलनमार्फत जनताको अधिकार स्थापित गर्ने क्रममा शहीद भएकाहरूको भूमिलाई प्रदेश सरकारले सम्मान विभिन्न कार्यक्रमहरू अघि सारेको बताए । 

इन्सेक अध्यक्ष डा।इन्दिरा श्रेष्ठले इन्सेकले नेपालमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई इन्सेकले अभिलेख गरेर नेपालमा मानव अधिकारको अवस्था चित्रण गर्दै आएको बताइन् । अध्यक्ष श्रेष्ठले समाजमा महिला र बालबालिकाका हिंसाका घटनाबाट बढी पीडित भएका र महिला र बालबालिकाको साथै अन्यको अधिकार रक्षाको क्षेत्रमा योगदान गर्नेहरूलाई इन्सेकले सदैव हौसला प्रदान गर्ने र सोही क्रममा मोरङका गुरु बराललाई सम्मान गरेको बताइन् 

इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा छुट्टै पहिचान बनाएका र मानव अधिकारको परिभाषालाई जीवन्त तुल्याउनेहरूलाई खोजी–खोजीपुरस्कार वितरण गरेर सिङ्गो मोतीमाला बनाउन लागेको बताए । 

नेपालको मानव अधिकार रक्षाको अभियानमा स्व।प्रकाश काफ्लेको योगदानको चर्चा गर्दै प्याकुरेलले इन्सेकले प्रकाशले देखेको सपनालाई सार्थक तुल्याउन नेपालमा मानव गरिमा रक्षाका लागि निरन्तर अभियान चलाएको बताए ।
प्याकुरेलले नेपालमा निर्वाचनलाई स्वच्छ बनाउनका लागि स्व।प्रकाश काफ्ले निर्वाचन पर्यवेक्षणको पहिलो अभियान थालेको र सोही अभियानलाई अहिले विश्वका केही देशहरूले अनुशरण गरी निर्वाचन पर्यवेक्षण गर्न थालेको बताए ।

प्रदेश सभा सदस्य तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले मानव अधिकारले लिङ्ग,जात,रङ्गका आधारमा हुने सबैखाले भेदभावको अन्त्य भएमात्रै मानव अधिकारको सही रूपमा प्रत्याभूति हुने बताए ।

इन्सेकका निर्वतमान अध्यक्ष तथा प्रदेश १ नीति तथा योजनाका आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पूर्ण मानव अधिकारकर्मी मात्र नभई अन्य क्षेत्रमा लागेर जनताको हक अधिकारका लागि जनतालाई नै परिचालन गरी मानव अधिकारको प्रत्याभूति गराउनेलाई पनि सम्मान गर्ने गरेको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले कुनै पनि दाग नलागि राजनीति गर्दै आउनु भएका बरालले शिक्षाको पु¥याएको योगदान अतुलनीय छ,इन्सेकले अभियानलाई राम्रोसँग चिनेर उहाँलाई सम्मान गरेको प्रति खुशी ब्यक्त गरे ।

सम्मानित ब्यक्तित्व बरालले अहिले पनि धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भएको बताए । उनले सरकारले प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा प्रदान नगरेका कारण गरिबीको रेखा माथि उक्लन नसकेको बताए । इन्सेकले मानव अधिकारभित्र सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार उद्घोष गरेर काम गर्दै आएकोले धन्यवाद दिए । 

इन्सेकले प्रदान गरेको ५० हजार पुरस्कार राशीलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने बताए । 
सो अवसरमा पुरस्कृत ब्यक्तित्वको बारेमा छनौट समिति संयोजक रहेका इन्सेकका महासचिव रमेशचन्द्र पौड्यालले चर्चा गरे । विपन्न परिवार र समाजमा बरालले पु¥याएको योगदानको वारेमा इन्सेकले तयार पारेको वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.