Websoft University

लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते


तेह्रथुम, भाद्र ९ गते । रातो तारा डट कम,तेह्रथुमको फेदाप गाउँपालिका-२ शेर्मा स्थित मधय पहाडी राजमार्गमा लेन्डरोभर गाडी दुर्घटना हुदा १२ जना घाईते भएका छन् । आज बिहान १० बजेको समयमा सम्दु बाट म्याङलुङ तर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी २५ मिटर तल खस्दा उक्त गाडीमा सवार चालक सहित १५ जना मध्ये ११ जना घाईते भएका हुन् । 

घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका-४ बस्ने बर्ष ४० को योगेन्द्र लिम्बु, सोही गाउँपालिका-५ बस्ने बर्ष ३३ को महेन्द्र कुमार थापा, बर्ष ४२ को खड्क बहादुर लिम्बु, बर्ष ४४ की गंगा लिम्बु, म्याङलुङ नगरपालिका-९ बस्ने बर्ष ३५ की शान्तिला लिम्बु, बर्ष ४२ को बिर बहादुर लिम्बु र उनकै छोरा बर्ष ११ का बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका-७ बस्ने बर्ष ३५ को कमल कोईराला, उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष २१ को संन्जय थापा, झापाको दमक नगरपालिका-१ बस्ने बर्ष ४० को दिल बहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका-३ बस्ने बर्ष ३२ को संन्तोष कार्की रहेका छन् । 

घाईते निजहरुको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भईरहेको छ । दुर्घटना पश्चात चालक फरार रहेका छन भने सह-चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.