Websoft University

ट्रकले ठकर दिँदा बालकको मृत्यु


मोहन कुमार राई, श्रावण २१ गते । रातो तारा डट कम,
संखुवासभा, कोशी राजमार्ग अन्तरगत धर्मदेवी नगरपालिका वडा नंं ३ स्थित मुढेबजार नजिक टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदैगरेको ना.४ ख २९०० नम्बरको ट्रकले ठक्र दिँदा एक बालकको घट्नास्थमै  मृत्यु भएको छ ।

धर्मदेवी नगरपालिका वडा नं. ३ स्थित मुढेबजार निवासी धनराम अधिकारीको छोरा वर्ष ४ को आदित्य अधिकारीलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो ।  ट्रकचालक र ट्रक प्रहरी चौकी मुढेको नियन्त्रणमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा, इलाका प्रहरी कार्यालय चैनपुर, सशस्त्र प्रहरी वल नेपाल नं. ४ गुल्म हेडक्वाटर चैनपुर संखुवासभाबाट समेत सुरक्षाकर्मीको टोली घटना स्थलमा पुगेको थियो । हाल बाटोमा कुनै किसिमको अवरोध नभै यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.