Websoft University

प्रधानमन्त्रीलाई रकम हस्तान्तरण


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासङ्घ र राष्ट्रिय सहकारी बैँकले १० लाख १ हजार १ सय रुपैयाँ जम्मा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासङ्घका अध्यक्ष केशव बडाल र बैँकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गर्नुभयो । चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तिमा परेकाहरूलाई उद्धार र पुनस्र्थापनाका  लागि सहकारीकर्मीहरूले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अध्यक्ष बडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरूबाट रकम सङ्कल गरेर विपत्तिमा परेकाहरूलाई सहयोग गरिएको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.