Websoft University

इटहरी शिव भट्टराई मोरङ भाद्र ८ गते । रातो तारा डट कम, इटहरीको जनता नमूना विद्यालयमा पढेका भूतपूर्व विद्यार्थीहरुले आइतबार जनता प्रतिभा पुरस्कार वितरण गरेका छन् । 

भू.पू. विद्यार्थी समाजको आयोजनामा भएको कार्यक्रममा जनता माविका कक्षा १ देखि १० कक्षा सम्मका विद्यार्थीलाई १० हजार दरले नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको हो । कक्षा १ देखि १० सम्म प्रथम हुने छात्र, छात्राहरुलाई सो राशीको पुरस्कार प्रदान गरिएको हो । 

सो अवसरमा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेल, व्यवस्थापन समिति अध्यक्षलगायतले भूपू विद्यार्थी समाजलाई धन्यवाद तथा पुरस्कृत विद्यार्थीलाई शुभकामना दिएका थिए । कार्यक्रमको सभापतित्व भूपू विद्यार्थी समाजका बाबुराम प्रधानले गरेका थिए भने संचालन शुभलक्ष्मी लम्सालले गरेकी थिइन् । 

मित्र एकता र सामाजिक उत्तरदायित्व बहन गर्दै आफूहरुले यस्तो कार्यक्रम गर्दै आएको भूपू विद्यार्थी समाजका उपाध्यक्ष संजोग पराजुलीलले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.