Websoft University

जिल्ला स्तरिय अन्तर बिद्यालय व्याक्तित्वकला प्रतियोगिता सम्पन्न


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,निजि तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको आयोजनामा सुनसरीमा जिल्ला स्तरिय अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगीतामा मुनमिन एकेडिमीकी जनुमा शेर्पा प्रथम स्थान हासिल गर्न सफल भईन भने दोस्रोमा सुनसरी ग्रार्डेन एकेडेमिकी स्मारिका पोख्रेल र तेस्रोमा पञ्चायन बिद्यामन्दिरबाट स्मृति अधिकारी भएकी हुन् भने सौखिन आचार्य चौथो स्थान हासिल गर्न सफल भएका हुन ।

प्याब्सन सुनसरीको आयोजनामा बिभिन्न समयमा यस्ता प्रतियोगिता हुने गरेको छ भने यस्ता प्रतियोगिताले बिद्यार्थीको क्षमता अभिबृीद्ध गर्न सहज भएको सुनसरी प्याब्सन अध्यक्ष बिष्णुप्रसाद कोईरालाले बताए ।

सुनसरीभरीका करिब १९ बिद्यालयका २० जना सहभागीता रहेको थियो । बिद्यार्थीहरुले समृद्ध नेपाल, सुखि नेपाली भन्ने बिषयमा आआफ्नो धारण व्यक्त गरेको कार्यक्रम संयोजक रमेश कार्कीले बताए ।

प्याब्सन केन्द्रिय सल्लाहाकार शंखर थापाको पिता दिपमगर थापाको स्मृतिमा चादिको रनिंग शिल्ड स्थापना गरेको हो । कार्यक्रममा शंखर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने , ज्ञानेन्द्र दाहाल,धन बहादुर, कबिन्द्र मण्डल लगायतको सहभागीता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.