Websoft University

नेपालको आर्थिक विकास जोड दिने प्रधानन्त्री ओली भनाइ,


काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको एउटा कार्यक्रममा अब नेपालले द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद््घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकोहो । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताउनुभयो । “अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संसोधन गर्छौं ।”प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताउनुभएको छ । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराउनुभएको छ  । प्राकृतिक सम्पदा,हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनु पर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.