Websoft University

हस्ताक्षर अभियान कार्यक्रम सुरु



इटहरी शिव भट्टराई  इटहरीमा आज नृत्यकार प्रदेश नं. १ भ्रमण तथा हस्ताक्षर अभियान कार्यक्रम सुरु भएको छ ।  प्रदेश नं. १ मा रहेका सम्पुर्ण नृत्यकारहरुको हकहित र नृत्य विकासको लागि यो अभियान सुरु गरीएको कार्यक्रमका  संयोजक अभियानकर्मी राजु वस्नेतले वताए ।

अभियानले कला र सस्कृतिको संरक्षणका लागि सम्वन्धित निकायहरुमा नृत्य विषयका विज्ञहरुको उपस्थिति र सहभागिताको लागि दवाव सृजना गर्न हस्तार अभियान संचालन गरीएको   समेत संयोजक वस्नेतले वताए । त्यसै गरी यो अभियान  २३ गते देखी २९ गते सम्म १ नं प्रदेशका विभिन्न १४ ओटै जिल्लामा चलाईने  इटहरी नृत्य संघका अध्यक्ष इस्वरी प्रसाद सिग्देलले  वताए ।

१४ जिल्लाका १० हजार नृत्य कलाकारहरुको सहभागीता रहने र प्रत्येक जिल्लामा प्रत्रकार सम्मेलन गरी संकलित हस्ताक्षर प्रतिवेदन प्रदेश सरकारलाई वुझाउने कार्यक्रम संचालक तुलसी घिमिरेले वताए । इटहरी नृत्यकार संघका अध्यक्ष इस्वरी प्रसाद सिग्देलको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभियान प्रवक्ता शंकर विस्वकर्मा,आइस्वर लिम्वु,अभियानकर्मी एल सी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.