काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,नेपालमा वर्षेनी ७० प्रतिशत मानिसमा आँखाको ज्योती गुम्ने कारण मोतियाविन्दु रहेको पाइएको छ । नेत्र ज्योति संघ नेपालको तथ्याङ्क अनुसार नेपालमा हुने अन्धोपनको मुख्य कारण मोतियाबिन्दु देखिएको हो ।
नेपालमा प्रत्येक सय जनामा शुन्य दशमलव ८१ प्रतिशत मा मोतियाविन्दुकोे समस्या रहेको संघले जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष विश्वभर मोतियाविन्दुका कारण झन्डै ८ करोड मानिस प्रभावित भएका थिए । जसमा ३३ प्रतिशत आँखा नदेख्ने थिए ।
दृष्टिविहीनताको प्रमुख कारणमा ५१ प्रतिशत मोतियाविन्दु रहेको र त्यसपछिको कारणमा जलबिन्दु ८ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले देखाएको छ । मोतियाविन्दु जुनसुकै उमेर समूहलाई लाग्न सक्ने रोग भएकाले समय समयमा उपचार गराउन चिकित्सकहरुको सुझावछ ।
मोतियाबिन्दु हुने प्रमुख कारण मधुमेह, गर्भावस्ताको आमामा भए गर्भमा रहेको शिशुमा, उच्चरक्तचाप, वंशाणुगत कारण, स्टेरोएड भएको क्रिमको प्रयोग, न्यून दृष्टि लगायत रहेको डाक्टरहरुले बताएका छन् ।
Post a Comment