Websoft University

केवलकारको भाडा बृद्घि


काठमाण्डौ भाद्र २ गते । रातो तारा डट कम,नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा भदौ १ गते देखि वृद्वि भएको हो । यस अघिको मनकामना केवलकारको नर्मल भाडादरमा ३५ रुपैयाँ वृद्वि भएको छ । भाडादर वृद्वि भएसँगै यस अघि दुई तर्फी भाडा वापत  ६ सय ४० रुपैयाँ तिर्दै आएको मनकामना केबलकार चढ्ने नर्मल यात्रुले अबदेखि दुईतर्फी भाडा ६ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । आ.ब. २०७६÷०७७ बाट स्थानीय सरकार संचालन ऐन २०७४ को व्यवस्था अनुसार ईच्छाकामना गाउँपालिका, चितवन र शहिद लखन गाउँपालिका, गोरखाको निर्णयानुसार केबुलकारको टिकटमा स्थानीय कर समेत उल्लेख गरी उठाउनु पर्ने भएकोले केबुलकार भाडादरमा करिब ५ प्रतिशत सेवा शुल्क वापत भाडा बढेको मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ । उक्त दर सबैखाले टिकटमा लागु हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.