Websoft University

रासायनिक मल खरिदमा किसानहरु ठगिदै,



काठमाण्डौ भाद्र ९ गते । रातो तारा डट कम,नियमनकारी निकायको लापरबाहीका कारण रौतहटका किसान रासायनिक मल खरिदमा ठगिन बाध्य भएका छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । जिल्लाको १६ नगरपालिका र दुई गाउपालिका गरी १८ स्थानीय तहमा अनुदानको मलखादमा कालोबजारी भइरहेको किसानहरुको गुनासो छ । सस्तो र सुलभ तरिकाले मलखाद प्राप्त होस् भन्ने उद्देश्यका साथ सरकारले साल्ट ट्रेडिङ वीरगंज र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरलाई वितरणको जिम्मा दिएको छ । तर युरिया, कम्पलेक्स, पोटाँस, कृषि चुन लगायतका अनुदानको मल जिल्लाका अधिकांश सहकारी तथा पसलेले सरकारी दरमा दरिद गरी स्थानीय बजारमा ल्याएर बढी भाउमा बेच्दै कालोबजारी गरेका हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.