काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,उदयन नेपालको पहिलो कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएकोछ ।
एक उडान सकारात्मकता तर्फ भन्ने नाराका साथ पहिलो पटक सुरु भएको कार्यक्रमको उदघाटन गर्नु हुदै, कार्यक्रमका प्रमुख अथिति तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले यो कार्यक्रम युवाहरुले सकारात्मक सोचका साथ ल्याइएकोले युवा तालिम व्यावसायिक तालिम रोजगारमुलक तालिम दिएर बिदेशीने युवाहरुलाई यही बिभिन्न क्षेत्रमा सिपलाई उधमसिलतामा लगाउन यो सस्था सफल रहने बिश्वास लिएको बताउदै सफलताको शुभकामना दिनु भयो ।
कार्यक्रममा प्रदेश नम्वर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले आफना भनाइहरु राख्नु हुदै,अव बिदेश जानुको सट्टा कानुनको परिधिमा रहेर आफनै भुमिमा केहि उधमसिल्ता गर्दा राम्रो हुने र अव सबैले नेपाल बनाउन लाग्नु पर्ने धारणा राख्नु हुदै, कार्यक्रम सफलताको शुभ कामना दिनु भयो ।
प्याब्सनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले अहिलेको अवस्थामा पुरानो कुरा छोेडेर नयाँ कुरामा लागनु पर्ने धारणा राख्नु हुदै, हामीले आउने पिडिलाई सिप नसिकाएर घोक्नते विधा मात्र सिकाउदा परिणा राम्रो आए पनि रोजगार शिक्षा बन्न सकेन ।
अवको शिक्षानितिमा पाट्याक्रम फेरै भए पनि रोजगार मुलक शिक्षमा जोड दिनु उचित रहने बताउनु हुदै कार्यक्रम सफताको शुभ कामना दिनु भयो ।
उधोग सगठन मोरगका अध्यक्ष भीम घिमिरेले शिक्षा रोगार मुलक भए मात्र सुखि नेपाली समृद्घ नेपालको परिकल्पना गर्न सकिन्छ । अव आउने शिक्षा नितिमा परिर्वत हुनु पर्छ भन्नु हुदै, कार्यक्रम सफताको शुभ कामना दिनु भयो ।
मोरग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दराले सरकारले रोजगार मुलक शिक्षामा जोड दिनु उचित रहने धारणाहरु राख्नु हुदै,कार्यक्रम सफताको शुभ कामना दिनु भएको थियो ।
कार्यक्रममा १ नम्वर प्रदेश नेपाल पत्रकार महासंघका अध्याक्ष बिक्रम लुईटेल र देवी पन्थी लगाएतका वक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता उदयन नेपाल की अध्यक्ष अनुपमा वास्तोको अध्यक्षतामा भएको थियो।
Post a Comment