Websoft University

सहकारीले मनायो तीज विशेष कार्यक्रम


शिव भट्टराई,मोरङ रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित बलियामा वलिया बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैचाले नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना तामाङको प्रमुख आतिथ्ता रहेको थियो भने सोही संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्ष्यता रहेको थियो।शनिवार भएको कार्यक्रममा महिलाहरूले नाच गान गर्दै दर खाएर भव्यता पूर्वक तीज विशेष कार्यक्रम सम्पन्न गरेका छन्।उक्त कार्यक्रममा संस्थाको नयाँ सेयर सदस्यता लिनु हुने व्यक्तिहरूलाई विशेष छुट प्रदान गरिएको थियो।

विगत १ वर्ष अगाडिदेखि तीज विशेष कार्यक्रम सुरु गरेको संस्थाले रक्तदान लगायत विभिन्न सामाजिक जनचेतना मुलक कार्यक्रमहरू  सञ्चालन गरी यस क्षेत्रमा आफ्ना सेयर सदस्य लगायत सम्पूर्ण महानुभावहरुलाई सेवा प्रदान गरिरहेको संस्थाले जनाएको छ।

साकोस ले रकम बचत,ऋण लगानी साथ साथै मनी ट्रान्सफरको पनि सेवा उपलब्ध गराएको र संस्थामा करिब १००० जना शेयर सदस्यहरु रहेको संस्थाले जनाएको छ भने सो कार्यक्रम संस्थाका सचिव राम कुमार कालाखेतीले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.