Websoft University

पाथिभरा गोल्डकप प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदै


काठमाण्डौ भाद्र ५  गते । रातो तारा डट कम,ताप्लेजुङमा जारी चौथो संस्करणको पाथिभरा गोल्डकफ फुटबल प्रतियोगिता अन्र्तगत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आज हुने खेलमा साविक विजेता रेडस्टार क्लव झापा र डाँगीहाट फुटबल क्लव मोरङबीच प्रतिस्पर्धा हुनेछ । सदरमुकाममा रहेको भानुजन माविको मैदानमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलबाट एलाभेन एरोज सुनसरी फाइनलमा प्रवेश गरेको छ । रेडहर्स ईलामलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी उपाधि नजिक पुग्ने पहिलो टोली बनेको हो । अब एलाभेनले आजको खेलबाट विजेता बन्ने टोलीसँग उपाधिका लागि भोली प्रतिस्पर्धा गर्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.