Websoft University

विराटनगरमा लिटल आइकन हुने, पहिलो अडिसन शनिबार


विराटनगर,  साउन १७  गते ।  तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन’ प्रतियोगिता हुने भएको छ । भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगरमा उक्त प्रतियोगिता हुने भएको हो ।

स्कूल अध्ययरत बालवालिकाहरूको नेतृत्व विकास गराउनुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यस्तो प्रतियोतिा आयोजना गरिएको भाइरल डान्स स्टूडियोका निर्देशक मोहित जैनले बताए ।

उनका अनुसार प्रतियोगिताको पहिलो अडिसन विराटनगरस्थित होटल सुभामा शनिबार हुनेछ । प्रतियोगितामा १५ वर्ष मुनिका बालवालिकाहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । पहिलो अडिसनपछि दोस्रो अडिसन पनि विराटनगरमा साउन २५ गते हुने उनले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले आकर्षण गिफट ह्यार प्राप्त गर्नेछन् । यस अघि पनि भाइरल डान्सले भव्य रुपमा दुई संस्करणको लिटल आइकन गरिसकेको छ । ‘तेस्रो संस्करणको विराटनगर लिटल आइकन पनि भव्य र सभ्य हुनेछ,’ उनले भने, ‘प्रतियोगिताको पहिलो चरणको अडिसनको सम्पूर्ण तयारी पनि पुरा भएको छ ।’ उत्कृष्ट प्रतिभा देखाउने फाइनल राउण्डको लागि प्रतियोगिहरू छनौट हुनेछन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.