शिव भट्टराई, मोरङ साउन ३२ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वार्ड नं.६ मा रहेको सुन्दरपुर बचत तथा ऋण सहकरी संस्थाको २३औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिनको म्यूजिकल चेयर, बल थ्रो साथै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सो रक्तदान कार्यक्रममा जम्मा ४४ जनाले रक्तदान गरेका छन्।
सो संस्थाले विगत वर्षमा पनि महिलालाई तीज विशेष कार्यक्रम , वृद्ध वृद्धालाई सम्मान लगायत विभिन्न सामाजिक साथै मनोरञ्जनात्मक कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरू गर्ने संस्थाका सचिव चुडमणि दुलालले बताए।
श्रावण ३१ गते शुक्रबार सुुरु भएको ३ दिने कार्यक्रममा पहिलो दिन भएको दौड प्रतियोगिता त्यसैगरी ३२ गते भएको म्यूजिकल चेयर र बल थ्रो प्रतियोगिताका विजेताहरू त्यसैगरि संस्थाका सेयर सदस्य मध्ये असल ऋणी , उत्कृष्ठ वचत कर्ता आदिलाई पुरस्कार वितरण गर्दै भदाै १ गते आईतबार सो कार्यक्रमको समापन गरिने संस्थाका अध्यक्ष कृष्ण प्रसाद दाहालले बताएका छन्।
Post a Comment