Websoft University

सेते बि.क को शव फेला पर्यो


हेम विश्वकर्मा - बागलुङ बुर्तिबाङ,साउन १७ गते ।
रातो तारा डट कम,जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित नवीखोला (उत्तरगंगा) ले बगाउँदा बेपत्ता भएका सेते बि.क को शव आज फेला परेको छ । गत साउन ८ गते नवीगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानिय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो ।

दुई मध्य नर बहादुरको शव बगाएको स्थानदेखी करिब ३ सय मिटर तल सोही दिन स्थानीयले मृत अवस्थामा फेला पारेका थिए भने सेते बेपत्ता थिए ।

घटनाभए लगत्तै प्रहरी चौकी ढोरपाटन, शक्रुमर्जन गुल्म ढोरपाटनको टोली र स्थानीयबासीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो । प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीका अनुसार आज विहान  करिब ८ः३० बजेको समयमा बगाएको ठाउँदेखी करिब ३ किलोमीटर तल रातिबाङ भन्ने स्थानमा उनको शव भेटिएको हो ।

नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय धन बहादुर विश्वकर्मालेबताए । सम्बन्धित निकायको ध्यान नजादा हरेक बर्ष बर्षायामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान जाने गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.