Websoft University

इटहरी जेसिजले जेसिज सप्ताह मनाउदै,स्वास्थ्य सिविर सन्चालन गर्यो


शिव भट्टराई, मोरङ साउन २ गते । ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाई लक्षित गरी इटहरीको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर १६ को उब्दीमा स्वास्थ्य शिविर आयोजना गरेको
हो ।

स्वास्थ्य शिविर इटहरी वडा नम्बर १५ र १६ का एक सय ५ जनाको स्वास्थ्य परिक्षण गरिएको जेसिज सप्ताहका मुल संयोजक लोकनाथ भण्डारीले जानकारी दिए ।

स्वास्थ्य परिक्षणमा आएका मध्ये ६० जनाको आँखा परिक्षण गरिएको र त्यस मध्ये दस जनामा अप्रेसन गर्नु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरुले वताएको जनाइयो ।

स्वास्थ्य शिविरमा मेदान्त अस्पालले प्राविधिक सहयोग पुर्याएको तथा शिविर स्वास्थ्य परिक्षणका लागि आएका विरामीहरुलाई निःशुल्क औषधी समेत उपलव्ध गराइएको स्वास्थ्य शिविरका संयोजक मुक्तीनाथ दाहालले वताए ।

इटहरी जेसिजका अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा भएको शिविरमा पुर्व अध्यक्षहरु लक्ष्मी धिताल , गोकुल थापा, किशोर भण्डारी ,सोम गौतम लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.