Websoft University

बेलका नगरपालिकामा पनि डेंगु संक्रमण भेटीयो

Image result for डेंगु संक्रमण
गाईघाट साउन ५ गते । रातो तारा डट कम,उदयपुरमा ३८ जनामा डेङ्गु संक्रमणमा भेटीएको छ । जिल्लाको त्रियुगा,कटारी, चौदण्डी र बेलका नगरपालिकामा डेंगु संक्रमण भेटीएको जिल्ला स्वस्थ्य कार्यालय उदयपुरले जनाएको छ । एक साता यता देखीएको डेंगुबाट बेलकामा ४, चौदण्डीमा ३, त्रियुगामा ३ र कटारी नगरपालिकामा २८ जनामा डेंगु फेला परेको छ । 

डेढ महिना अघि कटारीमा २ र चौदण्डी नगरपालिकाकोको बेल्टार १ र त्रियुगा नगरपालिकामा १ जनामा डेंगु बाट संक्रमीत विरामी फेला परेकोमा अहिले जिल्लाको तराई क्षेत्रमा संक्रमितको संख्या बढ्दै गएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुटेलले बताए ।

एडिज एजिप्टी जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुबाट संक्रमीतको स्थानिय अस्पातालमा उपचार भैरहेको छ भने केही लाई विराटनगर र धरान स्थीत अस्पतालमा रेफर गरीएको. प्रमुख खकुरेलले बताए । डेंगु रोग नियन्त्रणको लागि चारै वटा नगरपालीका ले औषधि र किटको व्यवस्था गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.