Websoft University

बालबिवाह रोकिन



काठमाण्डौ भाद्र ६ गते । रातो तारा डट कम,जिल्लाका बिभिन्न स्थानमा बालबिवाह रोकिन सकेको छैन । जिल्लाका स्थानीय तहले बालबिवाह निरुत्साहन गर्नका लागि बजेट समेत बिनियोजन गरेको भएपनि बालबिवाह रोकिन सकेको छैन । 

रौतहटको अधिकांश दलित बस्तिका महिलाको सानै उमेरमा विवाह भएको पाइएको छ । उनीहरूको विवाह दर्ता र बच्चाको जन्म दर्ता समेत नहुने गरेको पाईएको छ । यो समस्याले बालबालिकाले पोषण भत्ता नपाउने गरेका छन् । मानव विकास सूचकांकमा पछि परेका रौतहटका बालबालिकालाई सरकारले स्थानीय तहमार्फत मासिक ४ सय रुपैयाँंका दरले पोषण भत्ता दिँदै आएको छ । 

सरकारको सामाजिक सुरक्षा सञ्चालन कार्य्विधिमा एउटै आमाबाट जन्मेका दई जनासम्म बालबालिकाले पोषणभत्ता पाउने व्यवस्था गरेको छरु।तर रौतहटका करिब ५ सयको हाराहारीमा डोम र मुसहर जातिका बालबालिकाले यस्तो भत्ता पाउन नसकेको अनुमान छ । विवाह र जन्म दर्ता नभएकाले भत्ताबाट वञ्चित भएका हुन । सानैमा विवाह भएकाले बच्चाको जन्म दर्ता नभएको हो ।

तराईमा कथित तल्लो जातिका रूपमा चिनिने डोम समुदायका बालबालिकाको बिहेका लागि अभिभावकहरू सानै उमेरमा हतारिने गरेको पाइन्छ । रेडियो चन्द्रपुरको समचारबाट,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.