Websoft University

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो योजनाहरु सार्वजनिक गरे


काठमाण्डौ भाद्र १० गते । रातो तारा डट कम,तीनकुने गौशाला सडकलाई अन्तराष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिजो आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गर्नुभएको छ ।

यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उहाँले बताउनुभयो । यो नेपालको प्रवेशद्वार भएकाले यसलाई अव्यवस्थित राख्न नहुने मन्त्री भट्टराईको भनाइ छ ।  मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि पनि जानकारी गराउनुभएको छ । 

यस्तै जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने  र  ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा पनि उहाँले घोषणा गर्नुभएको छ । यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बिषयलाइ पनि कार्ययोजनामा समेट्नुभएको छ । 

यस्तै, नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरुलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको पोष्ट कार्ड विमानस्थलको प्रस्थान विन्दुमा वितरणको व्यवस्था मिलाउने पनि उहाँले बताउनुभएको छ । मन्त्री भट्टराईले मन्त्रालयमा पत्रकार सम्मेलन गरि आफ्नो योजनाहरु सार्वजनिक गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.