Websoft University

साहारा परिवार नेपालको जग्गा विवादमा आफूलाई मुसेको भन्दै थापाको आपत्ति


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङ्गको बेलबारी ३का प्रताप थापाले साहारा परिवार नेपालको जग्गा सम्बन्धमा आँफुलाई मुसेको भन्दै आपत्ति ब्यक्त गर्नुभएको छ। थापाले बेलबारीमा पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता नरहेको जनाउनुभएको हो।

थापाले पत्रकार सम्मेलनमा प्रदान गरेको साहारा परिवार नेपालको बिधानमा नै सँस्थाको हितको लागि जग्गा धितो वा बन्धक दिन वा लिन सक्ने उल्लेख छ। उहाँले आफ्नो सामाजिक जीवन नै खुइल्याउने गरि बिभिन्न ब्यक्तिहरुले फेसबुक र युट्युवमा भिडियो राख्दै र स्टाटस लेख्दै आँफुलाई मुछेको बताउनुभएको छ।

थापाले जारी गर्नुभएको बिज्ञप्तीको १३ नम्बर बुँदामा सेन्ट लुक्स साईन्स क्याम्पस खोल्ने उद्देश्यले प्राप्त गरेको १८ कठ्ठा साहारा परिवारको जग्गा कांग्रेस नेता राजकुमार लिम्बुको पहलमा बेलबारी क्याम्पसलाई दिने शर्तमा जग्गादाताहरुलाई फिर्ता गरेको पनि देखिएको उल्लेख गर्दै सँस्था बिधि बिधान अनुसार चलिआएको देखिएको बताउनुभएको छ।

उहाँले नेकपा बेलबारी भित्रैका घनश्याम गौतम आफ्नो सामाजिक जीवन सिध्याउन लागि परेको भन्दै यसलाई प्रमाणित गर्नुपर्ने नभए त्यसो जवाफ देहिता घनश्याम गौतमले लिनुपर्ने माग गर्नुभएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.