Websoft University

दूधको मूल्य बढ्ने–अव उपभोक्ताले प्रतिलिटरको रु ७६रुपैया मुल्य तिर्नु पर्ने


काठमाण्डौ भाद्र २० गते । रातो तारा डट कम,सरकारले दूधको भाउ प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई आज चिठी पठाएको थियो । भोलि बजार पठाउन दूध प्याकेजिङ भइसकेका कारण २१ गतेबाट लागू हुने गरी मूल्य बढाइएको संस्थानका सूचना अधिकारी भट्टराईले बताउनुभयो । 

सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न गत साउन २९ मा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममा ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । 

संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउने छन् । नयाँ मूल्य अनुसार उपभोक्ताले अब एक लिटर दूधका लागि ७६ रुपैयाँ तिर्नुपर्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.