Websoft University

तरकारी खेतीबाट मनग्य आम्दनी–किसान दंग पर्दै,


काठमाण्डौ भाद्र २६ गते । रातो तारा डट कम,कपिलवस्तु नगरपालिकाका श्यामदेव यादव तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । वडा नं. ९ जर्लैया निवासि यादव यस क्षेत्रकै नमुना कृषकको रुपमा स्थापित हुनुभएको छ । गरीब परिवारमा जन्मिनुभएका ४० वर्षका यादव अन्य काम छोडेर तरकारी खेतीमा लाग्नुभएको छ । करिव ७ वर्षदेखि तरकारी खेतीमा लाग्नुभएका यादवले दैनिक ५ देखि १० हजार सम्म आम्दानी गर्दै आउनुभएको छ । आम्दानी राम्रो भएपछि अहिले उहाँले आफ्नो ४ वटै सन्तानलाई निजी विद्यालयमा पढाउन थाल्नुभएको छ । सरकारले कृषकहरुलाई अनुदान दिने कुरा भनाईमा मात्र सिमीत भएको भन्दै उहाँले आफुले कुनै पनि अनुदान अहिले सम्म प्राप्त नगरेको गुनासो गर्नुभयो । घिरौंला, लौका, तोराय, भाण्टा, करेला लगायतका तरकारी उहाँको खेतमा फलेको छ । आफूले फलाएको तरकारी कोपवा, ओदारी, तौलिहवा, चार नम्बर, वनगाई लगायतका बजार क्षेत्रमा विक्रि गर्ने गर्न जानुहुन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.