Websoft University

स्याउको बजार व्यवस्थापन गरिदिन सरकारसँग कृषकको माग


काठमाण्डौ भाद्र १८ गते । रातो तारा डट कम,जुम्लाका स्याउ व्यवसायी किसानले वजार व्यवस्थापन गरिदिन सरकारसँग कृषकले माग राखेका छन् । स्याउ टिप्न सुरु गरेसँग किसानहरुले स्याउको बजार व्यवस्थापन गरिदिन माग गरेका हुन् । 

यातायातको राम्रो सुविधा र बजारको व्यवस्था राम्रो नहुँदा अहिले पनि जुम्लाका स्याउ व्यवसायी किसानहरुलाई समस्या हुने गरेको छ । त्पादित स्याउले बजार पाएमा नेपालमा विदेशी स्याउको आयात घट्ने बताउँदै उनीहरुले बजारको वातावरण निमार्णमा सहयोग गरिदिन सरकारसंग माग गरेका छन् । 

जिल्ला समन्वय समितिले निर्णय अनुसार जुम्लाका किसानले भदौँ १० गतेबाट स्याउ टिप्न सुरु गरिसकेका छन् । जुम्लाका किसानले अहिले प्रतिकिलो ५० रुपैँयामा स्याउ बेचिरहेका छन् । जुम्लाको स्याउ राजधानी काठमाण्डौ देखि सुर्खेत, नेपालगंज लगाएत ठुला, ठुला शहरमा पुग्ने गर्छ ।

अहिले जुम्लाका स्याउ बगानमा  स्याउ टिप्ने र बेच्ने चटारो छ । जुम्लामा परम्परागत रुपमा स्याउ खेती गर्दै आएका किसानले पनि अहिले व्यवसयिक रुपमा स्याउ खेति गर्न थालेको स्याउ सुपरजोन जुम्लाका निमित्त कार्यालय प्रमुख जोगेन्द्र कान्दुले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.