Websoft University

मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही बनाउन आजदेखि जारी


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,पत्रकार आचारसंहिता,२०७३(पहिलो संशोधन–२०७६)आजदेखि जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता,२०७३(पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गर्नुभएको हो । 

सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचार संहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्धेश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्न सक्ने तर्क बताउनुभयो । यो आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुदाँ त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.