Websoft University

चोरी गरेको आरोपमा २ जना पक्राउ


बिराटनगर, भाद्र १८ गते । रातो तारा डट कम,सुनसरीको धरान उपमहानगरपालिका-७ का १८ बर्षीय अमन तामाङलाई चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

मंगलवार राती सवा १० बजेको समयमा स्थानीय एक युवकलाई नोक देखाई धाकधम्की दिई युवकसंग भएको सामसुङ मोवायल र चाँदीको सिक्री लुटेर भाग्ने क्रममा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । 

तामाङको साथबाट प्रहरीले चोरी गरेको मोवायल र सिक्री समेत बरामद गरेको छ भने तामाङसंगै रहेका अर्का एक जना भने फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा ईटहरीका १६ बर्षीय बालक झापाबाट पक्राउ परेका छन् । 

मंगलवार साँझ साँढे ५ बजेको समयमा झापाको बाह्रदशी गाउँपालिका-३ राजगढ बजारमा तरकारी किन्दै गरेकी स्थानीय एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गरेका निजलाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.