Websoft University

सुन्दरहरैचा-३ मा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङ्गको सुन्दरहरैचा नगरपालिका वार्ड न.-३ ,स्वास्थ्य चौकी दुलारी मोरङ्ग साथै जेष्ठ नागरिक समाज ३ नं   वार्ड समिति को सयूक्त आयोजनामा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुकालागि स्वास्थ्य शिविर सम्पन्न भएको छ।

असोज २ गते बिहीबार सुरु भएको स्वास्थ्य शिविरमा श्री खण्ड मा. बि. लोचनिमा १३४ जना ,असोज ४ गते शनिबार जनता मा. बि. त्रिजुगामा ९० जना, असोज ७ गते मंगलबार  जननि प्रा.बि बरमनियामा १२९ जना त्यसैगरी असोज ९ गते बिहिवार  लक्ष्मी नारायण मन्दिर गछिया सामुदायिक भवनमा भएको स्वास्थ्य शिविरमा १४५ गरी जम्मा ४९४ जनाले स्वास्थ्य शिविरको सेवा लिएका छन्।

सो स्वास्थ्य शिविरमा ६० वर्ष देखि माथिका जेष्ठ नागरिकहरुलाई चिकित्सक डा. निशिल ढुंगाना द्वारा ल्याब सेवा, उपचारात्मक सेवा,सुगर प्रेसर जाँच सहित १५ दिन निशुल्क औषधि वितरण साथै डेन्टल शिविरको सुविधा दिइएको थियो।सो कार्यक्रममा ३ नं वार्डका वार्ड अध्यक्ष जीवन ढुङ्गानाले अगाडी पनि यस्ता सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनहरुमा पनि अझै यस्ता कार्य गर्दै जाने बताएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.