Websoft University

अहिलेको सरकार सबैभन्दा भ्रष्ट छ–काँग्रेस प्रवक्ता शर्मा


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाउनु भएको छ । संविधान दिवसको अवसरमा हिजो झापाको धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता शर्माले सबैभन्दा बढी भ्रष्टचार अहिलेको सरकारको पालामा भएको बताउनु भयो । संविधानले जनताको भावना समेटेको भए पनि दुई तिहाइको कम्युनिष्ट सरकारले त्यसको कार्यान्वयनमा बेवास्ता गरेको शर्माले आरोप लगाउनु भयो । जनताले कम्युनिष्ट सरकारको रबैयाको बारेमा एक बर्षमा नै जानकारी पाएको भन्दै शर्माले कम्युनिष्ट सरकार बनेपछि जनताको सपना पूरा हुन्छ भन्ने भ्रमबाट नेपाली नागरिक मुक्त भएको बताउनु भयो । एक बर्षमा नै कम्युनिष्ट सरकारबाट जनता आजित भइसकेका शर्माको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिका कारण पनि जनतामा निराशा छाएको प्रबक्ता शर्माले बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.