Websoft University

डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम


विराटनगर भदौ २८ गते । रातो तारा डट कम,डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय  विद्यार्थीहरुमा डेङ्गीको सक्रमण  भेटिए संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो ।

शनिवार वाट विद्यालय र सरकारी कायालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे  यस कार्यको थालनी  गरेका थिए । यस भन्दा अगाडि बस्तिहरुमा मात्र फगिङ गरिएको थियो । 

 लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक पटक  गर्दे आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र  फगर मेसिनवाट यो अभियान शुरु गरेको छ । यस संगै बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य साखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय,सामुदायिक विद्यालय,नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमस गर्दे जाने बताइएको छ ।

केही  महिनाअघि देखिएको डेङ्गीबाट सक्रमित बिरामीको सख्या  विराटनगरमा समेत बढेको छ । प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन धेरै पटक महानगरले गरिरहेको छ । 

विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गीबारे चेतनामूलक अभियान समेत सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको छ । यस अभियान संगै विराटगरमा सक्रमणको अवस्था घट्ने बिश्वास मेयर पराजुलीले गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.