Websoft University

सुन्दरहरैचाको वार्ड नं ४ मा अहिले सम्म कै उत्कृषठ तीज कार्यक्रम

शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ द्वारा आयोजित  हरितालिका तीज बिशेष कार्यक्रम सुन्दरहरैचा भरी कै उत्कृषठ तीज कार्यक्रम बन्न सफल भएको छ।

सोमबार सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि  सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकालले
कार्यक्रम राम्रो भएकोमा सबैलाई बधाई  दिनु भयो।

कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरहरैचा भरी कै उत्कृषठ तीज कार्यक्रम वार्ड नं ४ मा  भएको घोषणा गरेका थिए।त्यसैगरी सोही अवसरमा विशिष्ट अतिथि नगर उपप्रमुख धना तामाङ , विशेष अतिथि सुन्दरहरैचा वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायत अन्य अतिथिहरुले महिला दिदि बहिनीहरुलाई तीजको शुभकामना दिएका थिए।

कार्यक्रममा विभिन्न जातजातिका महिला दिदीबहिनीहरुले नाचगान गर्दै, जनचेतामूलक नाटक प्रस्तुत गर्दै भव्य रूपमा कार्यक्रमको समापन गरेका थिए।कार्यक्रममा हजारौं महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रम वडा नं ४ का वार्ड सचिव गुणनिधि दाहालले सञ्चालन गरेका थिए।
कार्यक्रम सुन्दरहरैचा वार्ड नं ४ की वार्ड सदस्य दुर्गा चौधरीको सभापतित्व रहेको थियो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.