Websoft University

वीपी कोइरालाको जयन्तीमा काव्यता साथ मनाइयो


विराटनगर, भदौ २४ गते । रातो तारा डट कम, साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले काव्यसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्रीसमेत रहेका कोइरालाको जन्मजयन्तीको अवसरमा संघले हरेक वर्ष साहित्यिक कार्यक्रम गर्दैआएको छ ।
विराटनगरमा मंगलबार भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, कविराज पोखरेल, भूषण ढुंगेल, चूडामणि नेपाल ‘अकिञ्चन’, मधु पोखरेल, गण्डकीपुत्र, मीनकुमार नवोदित, ओम आचार्य, दिङ्लाली कान्छोले आ–आफ्ना सिर्जना प्रस्तुत गरे । 

त्यस्तै राधिका गुरागाईं, मञ्जुश्री गिरी, कविराज न्यौपाने, राधा भट्टराई, ममता श्रेष्ठ, गंगाधर कट्टेल, मञ्जुश्रेष्ठ, लोचन रिजाल, पूजा आराधना, जमुना पौडेल, देवा अधिकारी, मीना श्रेष्ठलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले सिर्जना वाचन गरेका थिए । 

संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षता र अग्रज साहित्यकार रमाप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार बलराम पोखरेल, वसुश्री पाण्डे, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, महासचिव किशोर भट्टराईलगायतले नेपाली साहित्य र प्रजातान्त्रिक आन्दोलनमा वीपीले पु¥याएको योगदानको चर्चा गरे । 

कोइरालाको साहित्यमा राजनीतिक गन्ध नपाउने बताउँदै राजनीतिमा जस्तै साहित्यमा पनि उनको उचाइ उच्च रहेको वक्ताहरूको भनाइ छ । नेपाली साहित्यमा यौन मनोविज्ञानलाई भित्र्याउने कोइरालाका सुम्निमा, नरेन्द्र दाइ, तीन घुम्तीलगायत चर्चित कृति प्रकाशित छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.