Websoft University

खाल्डोको पानीमा डुबेर २ जना बालकको मृत्यु


झापा, असोज ४ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी शुक्रबार दिउसो घरमा कोही कसैलाई जानकारी नगराई  पौडी खेल्न गएको र साझँ सम्म पनी घर नआएपछी खोजतलाश गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी पानीबाट निकाली खाल्डोको डिलमा राखेर प्रहरी लाई खबर गरेका थिए ।

 घटनाबरे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.