Websoft University

५ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न


काठमाण्डौ भाद्र २९ गते । रातो तारा डट कम,भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माण सकिएको छ । पुनर्निमाण सकिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले भवनको उद्घाटन गर्नु भएको हो । उद्घाटन गरिएका भवनमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन रहेका छन् । नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवन पुनर्निर्माण भएको प्राधिकरणले जनाएको छ । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ लागेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.