Websoft University

सपना भुजेल हत्या काण्डको फायल खोल्दै इटहरी प्रहरी


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय इटहरीले अनुशन्धान भएका तर टुंगोमा नपुगेका पुराना फायलहरू पुन खोल्ने भएको छ । पत्रकारहरूसंग परिचयात्मक कार्यक्रममा बोल्दै इटहरी प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्न आइपुगेका नयाँ डिएसपी धर्मराज भण्डारीले यस्तो बताएका हुन ।

उनले कार्यालयमा आएर जिम्मेवार सम्हाले लगत्तै अपराध अनुशन्धानका घटनाहरूमा बढी ध्यान केन्द्रित गर्ने र इटहरी उपमहानगरवासीलाइ चाडपर्वको समयमा मात्र नभइ अन्य दिन पनि शुरक्षाको प्रत्याभुति दिलाउने गरी काम गर्ने बताएका छन ।

बिशेष गरी इटहरीमा हुने साना अपराध देखि ठुला अनैतिक गतिविधिहरू सम्मलाइ निगरानीमा राखि प्राथमिकताका साथ काम गरेर देखाउने डिएसपी भण्डारीले बताए ।

उनले इटहरी क्षेत्रमा अहिले लागु औषध कारोबार , ठगि जस्ता घटनाहरू प्रहरीकालागि मुख्य चुनौती बनेकोले यसलाइ निर्मुल बनाउन बिशेष प्रहरी परिचालन गरी यस्ता घटनाहरूलाइ सुक्ष्म तरिकाले अनुशन्धान गरीने बताए ।

उनले अनुशन्धान भएका तर टुंगोमा नपुगेका अपराधका घटनाका फायल खोल्ने क्रममा सपना भुजेल हत्या काण्डको पुन छानबिन गरी निस्कर्षमा पुर्याउने बताएका छन । तिन वर्ष अघि फागुन १९ गते इटहरी ३ पुराण चोक छेउको बस्तिमा बसोबास गर्दै आएकि १३ बर्षीय बालिका सपना भुजेलको रहस्यमय हत्या भएको थियो ।

सोहि हत्या काण्डको अनुशन्धानमा प्रहरीले वेवास्था गरेपछि घटना त्यतिकै सेलाएको थियो तर इटहरीमा हालै नयाँ आएका डिएसपी भण्डारीले पुराना अपराधका फायलहरू पुनःखुल्ला गरी अनुशन्धान गर्ने भनेपछि सपनाको परिवारमा न्याय पाउने आस जागेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.