Websoft University

मनसुन सक्रिय हुदे– देशभर पानी पर्ने


काठमाण्डौ भाद्र ३० गते । रातो तारा डट कम,मनसुन पुनः सक्रिय भएकाले पछिल्लो समय देशभर बदलीसँगै वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले जनाएको हो । अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र यस अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन (चट्याङसहित) वर्षा हुनाका साथै मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने हुँदा सतर्कता अपाउन पनि आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.