Websoft University

यामाहाको 'दशैं एक्सचेन्ज मेला ' इटहरीमा

शिव भट्टराई,मोरङ ।रातो तारा डट कम,इटहरी स्थित तिरुपति अटो सिटीले असोज १ गते देखि दशैं एक्सचेन्ज मेला आयोजना गरेको छ। यमाहा कम्पनीको आधिकारिक विक्रेता तिरुपतिले यो मेलामा भने जस्तो सुकै  अवस्था र कम्पनीको बाइक एक्सचेन्ज गरिरहेको आयोजकले बताएको छ।

निकै पुरानो बाइकलाई समेत न्यूनतम  ३० हजार रुपैयाँ मूल्याङ्कन गर्ने योजनाका साथ १३ गते सम्म एक्सचेन्ज अफर चल्ने बताइएको छ।साथै बाईकको मूल्याङ्कन गर्दाको रकम भन्दा १५ हजार बढी प्लस गरेर नयाँ बाइक किन्ने अफर ल्याइएको तिरुपति सिटीका प्रबंधक निर्देशक संयोग पराजुलीले जानकारी दिए।उनले मेलामा न्यूनतम ७ हजार देखि १ लाख सम्मको स्क्र्याच कुपन समेत समावेश गरिएको बताए।

उनले यस मेलामा प्रत्येक दिन एक जनालाई १ लाख रुपैयाँको लक्की ड्र समेत गरिँदै आएको बताएका छन्। मेलामा यमाहाका बाइक तथा स्कुटर सँग फोटो सुट समेत राखिएको छ।जसमा सबै भन्दा बढी लाइक र कमेन्ट आउने एक जनालाई आइफोन एक्स सेट प्रदान गरिने भएको छ।उक्त मेलामा हाल सम्म ३३२ ओटा मटरसाइकल तथा स्कुटर बिक्री भएको आयोजकले जानकारी दिएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.