Websoft University

ग्रेडेडमा स्वास्थ्य सचेतना कार्यक्रम


विराटनगर। रातो तारा  डट कम, विराटनगरस्थित ग्रेडेड बोडिङ स्कूलमा विद्यार्थी र अभिभावकहरूका लागि स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ ।

स्कूल परिसरमा बुधबार उक्त कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सवहरूले अभिभावक र कक्षा नर्सरीदेखि एकसम्मका विद्यार्थीहरूलाई स्वास्थ्यसँग सम्बन्धीत जानकारी गराएको थियो । स्विडेनका डाक्टर तथा नोबेल मेडिकल अस्पतलाका डेन्टल क्लिनिकका डा. धिरेन्द्र गिरीले विद्यार्थीहरूको दन्त परिक्षण पनि गरेका थिए ।

कार्यक्रममा सहभागि भएका अभिभावकहरू साना बच्चाहरूको दात कसरी सुरक्षित राख्ने विषयमा चिकित्सकहरूले सचेत पनि गराएका थिए । कार्यक्रममा २ सय ५० जना विद्यार्थीहरूको दन्त परिक्षण गरिएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.