Websoft University

शिक्षादीप कलेजमा कविता प्रतियोगिता सम्पन्न



विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा रविता माक्रा प्रथम भएकी छिन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा ४१ जना प्रतिस्पर्धीलाई उछिन्दै माक्रा प्रथम भएकी हुन् । प्रतियोगितामा नारायण चौलागाईं द्वितीय, सुष्मा थापा र संगम घिमिरे तृतीय भए । त्यस्तै वीरेन्द्र विश्वकर्मा र रक्षा कर्णले सान्त्वना स्थान प्राप्त गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित र कलेजका शिक्षक ऋतुराज रेग्मीको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।

 कार्यक्रममा कलेजको विज्ञान र व्यवस्थापन संकालयमा अध्ययनरत ४१ जना विद्यार्थीले समसामयिक विषयमा लेखेका कविता वाचन गरेका थिए । कलेजको अतिरिक्त क्रियाकलापअन्तर्गत कविता प्रतियोगिता आयोजना गरिएको विज्ञान संकायका कार्यक्रम संयोजक वसन्त बस्नेतले जानकारी दिए । अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ, वक्तृत्वकला, निबन्धलगायतको प्रतियोगिता गरिने उनले बताए ।

 कार्यक्रममा व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, कलेजका सञ्चालक भूपेन्द्र दाहाललगायतले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन विद्यार्थीहरुलाई आग्रह गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.