Websoft University

दशैंका लागि नयाँ नोट १० बाट बैंकले सटही सुरु गर्ने


बिराटनगर असोज ४ गते । रातो तारा डट कम,दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिर्ने सुचना बैकले जारी गरेकोछ । राष्ट्र बैंकले १० गतेदेखि नयाँ नोट सटही गर्न सूरु गरीने जनाएकोछ । राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ । त्यस्तै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । ५, १०, २०, ५० र एकसयका नयाँ नोट वितरण हुनेछ । त्यो बाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट सटही पनि गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीआईएनलाई जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.