Websoft University

आज प्रतिनिधि सभाको बैठक बस्दै


काठमाण्डौ भाद्र १८ गते । रातो तारा डट कम,प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकमा कृषि तथा पशुपञ्क्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धीत मौखिक प्रश्न सोध्ने र तिनको उत्तर दिने कार्यसूची रहेको छ । 

यस्तै आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देश पनि टेबुल गर्नुहुने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक २०७५’ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । 

साथै ‘औद्योगिक व्यवसाय विधेयक २०७६’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.