Websoft University

बसको ठक्करबाट १ जनाको मृत्यु


सुनसरी, भाद्र ३१ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार सोमबारे स्थित धरान बिराटनगर सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ८ बजेको समयमा धरान बाट बिराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोही स्थानमा रहेको जुटमिलमा हेल्पर काम गर्दै आएका मोरङको रतुवामाई नगरपालिका- ७ बस्ने बर्ष ३४ को मंगल सिहं दमाईलाई सोही दिशा तर्फ साईकलमा जादै गर्दा ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनगर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.